Like us!
Follow us!
Connect us!
Watch us!

झापा हुँदै काठमाडौं आइपुगे डली चायवाला, अलेब कबाबमा चिया बनाएर खुवाउने

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०७ : ४५ मा प्रकाशित

झापा हुँदै काठमाडौं आइपुगे डली चायवाला, अलेब कबाबमा चिया बनाएर खुवाउने

डली चायवाला अर्थात् सुनिल पाटिल काठमाडौं आइपुगेका छन्।

अंगरक्षक र व्यवस्थापकसहित मंगलबार साँझ काठमाडौं आइपुगेका उनले काठमाडौंको टंगालमा रहेको अलेभ कबाब सल्टनेटमा अतिथिलाई चिया बनाएर खुवाउने कार्यक्रम छ। 

काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गरिँदैछ । उनी झापा हुँदै प्लेनमा मंगलबार काठमाडौं आएका हुन्।  

काठमाडौंमा रहँदा पाँचतारे होटल सोल्टीमा बसिरहेका चायवालालाई तीन दिन पोखरा घुमाउने तयारी छ। झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफ अलिले उनलाई नेपाल ल्याएका हुन्।

उनी माइक्रोसफ्ट संस्थापक तथा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि झनै विश्वव्यापी चर्चामा आएका थिए। संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन्। पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् ।

भारतको नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने।  १७ वर्षदेखि चिया बेच्ने डली

दक्षिण भारतीय चलचित्र र कलाकारबाट प्रेरित छन्। डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए। उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन्।  इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको