Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश वितरणका लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले तय गर्‍याे बुकक्लोज मिति

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०८ : ३७ मा प्रकाशित

लाभांश वितरणका लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले तय गर्‍याे बुकक्लोज मिति

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले लाभांश वितरणका लागिबुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज ११ गते, शुक्रबार बुकक्लोज गर्ने भएको हो। असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्ने भएका छन्।

फण्डले गत आर्थिक वर्षको नाफाबाट  करसहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ।

यो फण्ड ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित छ भने फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको