संयुक्त राष्ट्र महासभाले बुधवार एक गैर बाध्यकारी प्रस्ताव पारित गरेको छ । जसमा इजरायलले कब्जामा लिएको प्यालेस्टाइनको भूभागलाई आगामी १२ महिना भित्र छोड्न आह्वान गरेको छ ।
संयुक्त राष्ट्र संघको १० औं आपतकालीन विशेष सत्रमा कब्जा गरिएको पूर्वी जेरुसेलम र बाँकी प्यालेस्टाइन क्षेत्रमा इजरायली कारवाहीलाई ध्यानमा राख्दै पक्षमा १२४ मत, विपक्षमा १४ र अनुपस्थिति ४३ मतले यो प्रश्ताव पारित भएको थियो ।
मंगलबार प्यालेस्टाइन राज्यले पेश गरेको र दुई दर्जनभन्दा बढी राष्ट्रहरूले सह–प्रायोजित गरेको प्रस्तावमा इजरायलले अन्तर्राष्ट्रिय कानून अन्तर्गतका सबै कानूनी दायित्वहरू पूरा गर्न माग गर्दै अन्तर्राष्ट्रिय न्यायालयको सल्लाहकार राय सहितको माग गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस