Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा पचास करोड राजस्व संकलन

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, १२ : २५ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा पचास करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ करोड ९४ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२.४७ प्रतिशत हो । साउन र भदौ महिनामा ५७ करोड ३६ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८७.६१ प्रतिशत राजस्व संकलनभयो । 


उक्त कार्यालयले आयकरबाट १५ करोड ७६ लाख १४ हजार रुपैयाँ , ब्याजबापत दुई करोड ६१ लाख १७ हजार रुपैयाँ , मूल्य अभिवृद्धि करबापत २० करोड १६ लाख ८७ हजार रुपैयाँ अन्तःशुल्कबापत १० करोड ७८ लाख आठ हजार रुपैयाँ संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको