Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलक्षित ओलीको टिप्पणी- समाजमा आगो लगाउँछु भन्नेबाट जोगिनुहोला

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, १३ : ०७ मा प्रकाशित

बालेनलक्षित ओलीको टिप्पणी- समाजमा आगो लगाउँछु भन्नेबाट जोगिनुहोला

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल बनाउनबाट जोगाउनुपर्ने बताएका छन् । 

सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनुहोला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौं, गछौं ।’ 

पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको