Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सञ्चालनमा आयो सुपथ मूल्य पसल, खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, १४ : १५ मा प्रकाशित

आजदेखि सञ्चालनमा आयो सुपथ मूल्य पसल, खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा आएको छ ।

प्रमुख चाड दशैंतिहार र छठ पर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्यधिक हुने भएकाले सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । 

सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ ।

देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटारमसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमीरफापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।

यो समय पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको