Like us!
Follow us!
Connect us!
Watch us!

दसैंतिहारका लागि खाद्यले सुरु गर्‍यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०८ : १५ मा प्रकाशित

दसैंतिहारका लागि खाद्यले सुरु गर्‍यो सहुलियत पसल, ६१ ठाउँमा विस्तार गरिने

दसैं, तिहार र छठलाई लक्ष्य गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ।

बिहीबारबाट रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खु गोदामबाट खाद्यान्नमा छुट दिएको छ। दाल, चामलमा प्रतिकिलो न्यूनतम ५ रुपैयाँ छुट दिइएको छ। 

एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँमा विस्तार गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताए । 

कर्णालीको सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ।

विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मौदा चिउरा र चना, चिनीमा ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म छुट दिइएको छ। माघ २ सम्म सञ्चालन हुने सहुलियत पसलबाट खाद्यले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको