Like us!
Follow us!
Connect us!
Watch us!

खानेपानी संस्थानको महाप्रबन्धकका लागि दरखास्त खुल्यो, कति चाहिन्छ योग्यता ?

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, ०७ : ५३ मा प्रकाशित

खानेपानी संस्थानको महाप्रबन्धकका लागि दरखास्त खुल्यो, कति चाहिन्छ योग्यता ?

खानेपानी मन्त्रालय मातहतको नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त खुलेको छ।

संस्थानले ३० दिने सूचना प्रकाशित गर्दै महाप्रबन्धक मागेको हो। ३५ वर्ष पुगी ६० वर्ष ननाघेका योग्य र इच्छुक नेपाली नागरिकले दरखास्त दिनसक्नेछन्।

महाप्रबन्धक बन्न मान्यताप्राप्त शैक्षिक संस्थाबाट इन्जिनियरिङ, व्यवस्थगापन वा जनप्रशासनमध्ये एक विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। महाप्रबन्धक पदको सेवा अवधि ३ वर्षको हुनेछ। 

दरखास्त ३० दिनभित्र खानेपानी मन्त्रालय (प्रशासन महाशाखा) सिंहदरबार, काठमाडौंमा बुझाउन सकिनेछ। 

यसका लागि फारामलगायतका विवरण मन्त्रालयको वेबसाइटबाट डाउनलोन गर्न सकिने बताइएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको