अर्थ संसार
काठमाडौं–बैंक अ˚ काठमाडौं लुम्बिनी र बुम रेमिट्यान्सबिच रेमिटान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतापछि बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम बैंक अ˚ काठमाडौं लुम्बिनीका सबै शाखामार्फत भुक्तानी हुने छ ।
उक्त सम्झौतापत्रमा बैंक अ˚ काठमाडौं लुम्बिनीका तर्फबाट रिसर्च, प्रोडक्ट डेभलपमन्ेट तथा मार्केटिङ प्रमुख रीतेस लामिक्षाने र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ३ हजार ३ सय वटाभन्दा बढी प्रतिनीधीहरु छन् ।
बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस