Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा बैंकको व्याजदरले कस्तो प्रभाव पर्ला ?

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०९ : ०२ मा प्रकाशित

सेयर बजारमा बैंकको व्याजदरले कस्तो प्रभाव पर्ला ?

गत बिहीबार ७८.३१ अंकले बढेको नेप्से परिसूचक आइतबार भने ५०.७३ अंक घट्यो। बिहीबार अघिसम्म लगातार ६ कारोबार दिन सेयर बजार ओरालो लागेको थियो।

बिहीबारको बढोत्तरीले अब बजार माथि जाने संकेतका रुपमा लिइएको थियो। आइतबारको घटाइले फेरि लगानीकर्ता अन्यौलमा रहेको देखियो। नेप्से २ हजार ६३७.७९ विन्दुमा अडिएको छ।

तर, सोमबार वाणिज्य बैंकहरूले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। केहीले स्थिर राखे पनि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। यसले पनि सेयर बजारमा सकारात्मक प्रभाव पार्ने आकलन गरिएको छ। किनकी सेयर बजार र ब्याजदरको सम्बन्ध गासिएको हुन्छ।

ब्याजदर घट्दा लगानीकर्ताले सेयर बजारमा लगानी बढाउने र अझ बैंकबाट ऋण लिएर पनि लगानी गर्ने गर्छन्।

दसैंअघि कर्जाको माग खासै नहुने भएकाले बैंकहरु कम्तीमा आगामी ६ महिनासम्म निक्षेपको ब्याजदर बढाउनसक्ने स्थितिमा छैनन् भने कर्जाको ब्याजदर पनि घटिरहेको छ। 

बैंकहरूले ऋण लगानी गर्न नसकेपछि राष्ट्र बैंक प्रणालीबाट थप ५० अर्ब रुपैयाँ खिच्दैछ।

तर, संसदमा देखिएको गतिरोध, राजनीतिक आरोप प्रत्यारोपसँगै चाडपर्व अघि नाफा बुक गर्दा सेयर बजार तत्काल माथि जान नसक्ने दाबी पनि कतिपय लगानीकर्ताको छ। अहिले लगानीकर्ता बजारप्रति विश्वस्त नभएको उनीहरुको तर्क छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको