भदौ महिनामा सेयर बजार १४ प्रतिशतले घटे पनि राज्यले प्राप्त गरेको राजस्व भने सन्तोषजनक नै देखिन्छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार भदौ महिनामा सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । भदौमा १९ दिन खुलेको बजार १३ दिन ओरालो लागेको थियो।
साउनमा भने अस्वभाविक रुपमा सेयर बजार उकालो लाग्दा राज्यले एकै महिनामा गत वर्षको भन्दा बढी राजस्व संकलन गरेको थियो । साउनमा सरकारलाई पूँजीगत लाभकर बापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ उठाएको थियो ।
सीडीएस एण्ड क्लियरिङका अनुसार भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकरबाट ७३ करोड ३९ लाख रुपैयाँ र अल्पकालीन पूँजीगत लाभकरबाट १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन गरिएको हो।
त्यस्तै, कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरहरूबाट ३० लाख ३९ हजार रुपैयाँ लाभकर उठाइएको छ।
साउन र भदौ महिनामा गरी हालसम्म ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भइसकेको सीडीएस एण्ड क्लियरिङको तथ्यांकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस