Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्‍न पाउँछन् ?

अर्थ संसार

मंगलबार, ०८ असोज २०८१, ०८ : १९ मा प्रकाशित

गरिमा विकास बैंकको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्‍न पाउँछन् ?

गरिमा विकास बैंकले ५ लाख ३३ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो। 

बैंकका अनुसार बिक्रीमा राखिएकोमध्ये १ लाख ८ हजार १३० कित्ता सेयरका लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। संस्थापकले ३५ दिनभित्र सेयर नकिनेमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

तर, बिक्रीमा राखिएकोमध्ये ४ लाख २५ हजार १५६ कित्ता सेयर भने सर्वसाधारणले किन्न पाउने भएका छन्। सेयर खरिदका लागिलगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको