दसैं लागिसक्दा पनि निर्माण व्यवसायीले गत आर्थिक वर्षको भुक्तानी पाउन सकेका छैनन्।
सरकारले यसअघि दसैंअघि सबै भुक्तानी दिइसक्ने बताएको थियो। तर, गत आव र चालु आवको हालसम्मको काम सम्पन्न भएको ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। ६० अर्ब भुक्तानी बाँकी रहेकामा २० अर्ब मात्र भुक्तानी भएको उनले बताए।
सरकारबाट समयमै भुक्तानी नपाउँदा निर्माण व्यवसायीले उधारो कारोबार भएको ठाउँमा व्यवसायीलाई पैसा तिर्न सकेका छैनन् भने निर्माणमा संलग्न कर्मचारी, श्रमिकलाई पनि पैसा दिन सकेका छैनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस