चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार विभागले १ महिनाको अवधिमा नै ३९ अर्ब रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन गरेको हो ।
साउन महिनामा विभागले ३४ अर्ब ६९ करोड रुपैयाँ भन्सार राजश्व संकलन गरेको थियो । भदौ महिनामा ३९ अर्ब ६२ करोड रुपैयाँले बढेर ७४ अर्ब ३१ करोड पुगेको हो । यो गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा समेत बढी हो । गत आर्थिक वर्षको २ महिनाको अवधिमा भन्सार विभागले ६७ अर्ब ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
चालू वर्षको २ महिनाको अवधिमा १.०८ प्रतिशतले आयात बढेको छ । यससँगै चालू वर्षको भदौसम्ममा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । ४ अर्ब ८० करोड रुपैयाँले आयात बढ्दा भन्सार राजश्व भने ६ खर्ब ८४ अर्ब रुपैयाँले बढेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस