Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादीले घोषणा गर्‍यो लाभांश

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ०७ : ३७ मा प्रकाशित

सुपर मादीले घोषणा गर्‍यो लाभांश

सुपर मादी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको मंगलबारको बैठकले लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

सुपर मादीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोडको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सुपर मादीको आगामी कात्तिक ५ गते बस्ने १५औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको यो प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।  साधारणसभा बिहान ११ बजे बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बोलाएको हो। 

यस्तै,हकप्रद सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। कम्पनीको सभाले ताप्लेजुङमा निर्माणाधिन २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न नाफा, कर्जाको अख्तियारी पनि सञ्चालक समितिलाई दिएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज हुने भएको छ । असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार गरी कायम सेयरधनीले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको