Like us!
Follow us!
Connect us!
Watch us!

१ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, ११ असोज २०८१, ०९ : ४५ मा प्रकाशित

१ अर्ब ८३ करोड बराबरको थप बोनस सेयर नेप्सेमा सूचीकृत

 चालु आर्थिक वर्ष २०८१ ८२ को एक महिनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । 

२०८० साउन मसान्तमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउन मसान्तमा ३०००.८१ कायम भएको तथ्यांकमा उल्लेख छ । २०८१ साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । २०८० साउन मसान्तमा बजार पूँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रुपैयाँ रहेको केन्द्रिय बैंकले जनाएको छ । 

साउन मसान्तसम्ममा सूचीकृत कम्पनीको संख्या २६८ छ भने यीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संख्या १३० छ । यस्तै जलविद्युत कम्पनीको संख्या ९१ र उत्पादन तथा प्रशोधन उद्योगको संख्या २२ छ । यसैगरी होटलको संख्या ७, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूह ७ छन् । गत वर्ष २०८० को साउनमा सूचीकृत कम्पनीको संख्या २५४ थियो । यो एक वर्षमा १४ वटा कम्पनीको संख्या बढेको हो ।

यस्तै साउन महिनामा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको