Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनामै ३ लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, ३ खर्ब ७७ अर्ब बढीको कारोबार

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १० : ४३ मा प्रकाशित

एक महिनामै ३ लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, ३ खर्ब ७७ अर्ब बढीको कारोबार

चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना साउनमा ३ लाख १२ हजार ३ सय १९ ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार  साउनसम्मा  कूल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्यामोबाइल बैंकिङ प्रयोगकर्ताको २ करोड ४९ लाख ६१ हजार १ सय ६५ पुगेको हो । असारमसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या  २ करोड ४६ लाख ४८ हजार ८ सय ४८ रहेको थियो।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि संख्या बढेको छ । असारको तुलनामा साउनमा वालेट प्रयोगकर्ताको संख्या ७ लाखले बढेको हो । असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ रहेकोमा साउनमा बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ पुगेको छ ।

यस्तै,इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि ४३ हजारले बढेको छ। हाल देशमा १९ लाख ६२ हजार ८२७ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् । साउनमा मोबाइल बैंकिङ बाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। वालेट प्रयोग गरी ४३ अर्ब रुपैयाँको भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको