Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतको लाभांश घोषणा, ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थ संसार

आइतबार, १३ असोज २०८१, ११ : ५६ मा प्रकाशित

रु रु जलविद्युतको लाभांश घोषणा, ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

रु रु जलविद्युत परियोजनाले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।  

उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ११ गते, लिसार ब्याङकेट, नक्साल, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

यसअनुसार असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको