Like us!
Follow us!
Connect us!
Watch us!

शाओमीको रेड्मी १४ सी नेपालमा उपलब्ध, यस्ता छन् मूल्य र फिचर्स

अर्थ संसार

आइतबार, १३ असोज २०८१, १३ : ५३ मा प्रकाशित

शाओमीको रेड्मी १४ सी नेपालमा उपलब्ध, यस्ता छन् मूल्य र फिचर्स

शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ। यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले  जनाएको  छ। 

कम्पनीकाअनुसार शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो। 

रेड्मी १४ सी स्मार्टफोनले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्लेसहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोनले सहज मल्टिटास्किङ गर्न सक्छ । साथै गेममा पनि याे स्मार्टफाेनले राम्राे प्रदर्शन गर्ने जनाइएकाे छ ।

स्मार्टफाेनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेकाे छ ।

यसैगरी, फाेनमा अधिकतम ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेजसहित ५ हजार १६० एमएएच ब्याट्री रहेकाे छ । साथै यसमा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ।

रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीनका तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।

४ जीबी + १२८ जीबी, ६ जीबी + १२८ जीबी, ८ जीबी + २५६ जीबी भेरियन्टहरूमा उपलब्ध रेड्मी १४ सी को मूल्य क्रमशः रु १३,९९९, रु १५,९९९ र रु १८,९९९ रहेको छ ।

रेड्मी १४ सी असोज ११ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको