Like us!
Follow us!
Connect us!
Watch us!

लेखा तर्फका ५ सयभन्दा बढी कर्मचारीको सरूवा

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १४ : ५६ मा प्रकाशित

लेखा तर्फका ५ सयभन्दा बढी कर्मचारीको सरूवा

लेखा तर्फका ८० जना अधिकृत, कोष नियन्त्रक र आन्तरिक लेखा परीक्षकको सरूवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको पनि सरुवा गर्ने निर्णय गरेको हो । यसअनुसार एकैपटक लेखमामा ५ सय भन्दा बढी कर्मचारीको एकसाथ सरुवा भएको छ । 

निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ । त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ ।

देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा गर्ने गरिन्छ । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको