Like us!
Follow us!
Connect us!
Watch us!

न्यास–आईटी अवार्ड्स २०२४ : नवीनता र उत्कृष्टताको उत्सव

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १६ : ४१ मा प्रकाशित

न्यास–आईटी अवार्ड्स २०२४ : नवीनता र उत्कृष्टताको उत्सव

नेपालको आईटी उद्योगमा उत्कृष्टता प्रदर्शन गर्ने उत्कृष्ट बुद्धिजीवीहरूलाई सम्मान गर्ने प्रतिष्ठित कार्यक्रम, न्यास–आईटी अवार्ड्स २०२४ नाम्मीको साथमा सोल्टी होटलमा भव्य रूपमा सम्पन्न भयो । 

यो कार्यक्रम नेपालको डिजिटल रूपान्तरणलाई अगाडि बढाइरहेको नवीनता र प्रविधिगत प्रगतिको प्रमाण हो।

न्यास–आईटी का अध्यक्ष श्री सन्तोष कोइरालाले उद्घाटन मन्तव्य राखे । उनले आईटी उद्योगमा उत्कृष्टतालाई सम्मान गर्ने र प्रोत्साहन गर्ने न्यास–आईटी अवार्ड्सको महत्वमा जोड दिए । 

न्यास–आईटीका संस्थापक अध्यक्ष रिचन श्रेष्ठले संगठनको यात्रा र न्यास–आईटी अवार्ड्सः ब्रुनेईको यात्राको दृष्टिकोणबारे बहुमूल्य अन्तर्दृष्टि प्रदान गरे । सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको आईटी उद्योगको विकासलाई सरकारले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवीनता र डिजिटल रूपान्तरणलाई प्रवाद्र्धन गर्ने न्यास–आईटी अवार्ड्सको योगदानको प्रशंसा समेत गरेका छन् ।

कार्यक्रमको विशेष आकर्षण ‘नेपाली आईटी कम्पनीलाई विश्वव्यापी रूपमा सफल बनाउने’ विषयमा प्यानल छलफल भएको छ । बिभुसन बिस्टाको संयोजनमा अनिलकुमार दत्त, अग्मा मलाकार, संजय श्रेष्ठ र रिचन श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा चुनौती र अवसरको बारेमा आफ्नो अनुभव व्यक्त गरे ।

न्यास–आईटी अवार्ड्स २०२४ ले विभिन्न विधामा उत्कृष्ट उपलब्धिलाई सम्मान गरेको छ । सम्मानितमा टर्सीयरी स्टुडेन्ट प्रोजेक्ट (अन्डरग्राड): मोनिटरिङ सिटी एयर कुवालीटी इन्डेक्स (वायु), मार्केटप्लेसेजः सजिलो सेवा (सजिलो सेवा प्रालि), ट्रान्सपोर्ट र लोजीस्तिकसः बाटो वेहिकल राउटिंग सिस्टम (काठमाडौं लिभिङ ल्याब्स कन्सल्ट), हेल्थ र वेलबीइङ्गः मेल्टडाउन–कर्पोरेट वेलबीइङ प्लेटफर्म (मेल्टडाउन प्रालि), सेकुरिटी सोल्युसन्सः कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि) रहेका छन् ।

त्यस्तै फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक): आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रालि), आई.सी.टी सर्वीस सोल्युसन्सः टुना एच.एम.एस (टुना टेक्नोलोजी प्रालि), प्रफेशनल सर्भिसेज सोल्युसन्सः रिगो एच.आर (रिगो टेक्नोलोजी), एजुकेशनः वेद (इन्ग्रेल्स प्रालि), गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्टः एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रालि), बैंकिङ, इन्स्योरेन्स र फाइनान्सः खल्ती डिजिटल वालेट (खल्ती) सम्मानित भएका छन् ।

कार्यक्रमको समापनमा अपिक्टाका अध्यक्ष फुल्वियो इन्सेराले बधाई सन्देश पठाएका थिए भने गौरवराज पाण्डेले न्यास–आईटीको तर्फबाट धन्यवाद दिएका हुन् । न्यास–आईटी अवार्ड्स २०२४ ले नेपालको आईटी उद्योगको प्रतिभा र नवीनता प्रदर्शन गरेको छ ।यस कार्यक्रमले नेटवर्किङ, ज्ञान साझा र प्रेरणाको मञ्च प्रदान गरेको छ । नेपालले डिजिटल रूपान्तरणलाई आत्मसात गर्दै जाँदा न्यास–आईटी अवार्ड्सले आफ्नो आईटी पेशागतको उपलब्धिलाई मान्यता दिने र उत्सव मनाउन अग्रणी भूमिका निभाइरहनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको