Like us!
Follow us!
Connect us!
Watch us!

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १० : ४३ मा प्रकाशित

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । 

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, 'उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।' डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको