Like us!
Follow us!
Connect us!
Watch us!

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १२ : १२ मा प्रकाशित

पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने

ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । 

मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ । नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ ।

ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत अशेष प्रसाईले भने’यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुँदैछ। नेपालमा १० लाखभन्दा बढी स्मार्टवाचहरू पहिले नै बिक्री भइसकेका छन् र हामी यस क्षेत्रमा अग्रणी ई-कमर्स प्लेटफर्म हो । स्मार्टवाचको बजार द्रुत रूपमा विस्तार भइरहेको छ । मलाई लाग्छ यस्तो कार्यक्रमको यो सही समय हो।’

१० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाखभन्दा धेरै डिजिटल पहुँच हुने मेलामा धेरै लोकप्रिय स्मार्टवाच ब्रान्डहरूको सहभागिता रहने उनको भनाइ छ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन् । जसले गर्दा प्रविधिप्रेमीहरूका लागि आफ्ना स्मार्टवाचहरु अपडेट गर्ने र स्मार्टवाच उद्योगका नयाँ प्रयोगहरु अवलोकन गर्ने अवसर हुने प्रसाईले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको