Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १२ : ३२ मा प्रकाशित

नेपाल–भारत व्यापार प्रवर्द्धनमा नेपाल इटाली चेम्बर अफ कमर्स र इटालियन महावाणिज्यदूतबीच छलफल

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले काठमाडौंमा कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय बैठक सम्पन्न गरेको छ ।

बैठकमा इन्डस्ट्रीका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिए ।

बैठकमा नेपाल र भारतबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा जोड दिइएको थियो । एनआईसीसीआई बोर्ड र महावाणिज्यदूतबीच आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल भएको थियो । जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।

दुवै पक्षले नेपाल, भारत, र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको