Like us!
Follow us!
Connect us!
Watch us!

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, १३ : ४२ मा प्रकाशित

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो

बर्दघाट–सर्दी १३२ केभीडबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटनगरपालिका–५ दाउन्ने स्थित खुर्सानी खोलामा सडक भासिए पछि त्यस भन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । 

उद्योगले ३१ मेगावाटको विद्युत भार -लोड_ स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन -चार्ज_मा थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको