Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको २ अर्ब हिनामिना मुद्दामा मेयर देवकुमार नेपाली कारागार चलान

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ०७ : ३४ मा प्रकाशित

सहकारीको २ अर्ब हिनामिना मुद्दामा मेयर देवकुमार नेपाली कारागार चलान

सहकारीको २ अर्ब रकम हिनामिना मुद्दामा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा गएका छन्।

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। १६ महिनादेखि फरार नेपालीलाई प्रहरीले भारतबाट पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरिएको थियो।

मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए। 

सहकारीका बचतकर्ताको २ अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए। उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको