भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २४औँ वार्षिक साधारण सभा आज बुधबार बस्दैछ। काठमाडौंको थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुने जनाइएको छ।
साधारणसभाको मुख्य एजेण्डा लाभांश पारित गर्ने रहेको छ। सेयरधनीलाई ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव यसअघि नै गरिएको थियो।
कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० कायम गर्न कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गरिनेछ।
आव ०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, आव ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरण स्वीकृत गर्ने र आव ०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति गर्ने एजेण्डा पनि छन्। त्यस्तै, सञ्चालक समितिमा संस्थापक सेयरधनीका तर्फबाट २ जना सञ्चालक नियुक्त गरिनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते बुक क्लोज गरिसकेको छ। असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी लाभांश पाउनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस