अविरल वर्षाको कारण गत असोज १२ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी २ सय ३३ जनाको मृत्यु जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीका अनुसार सोही घटनामा परि १ सय ६५ जना घाइते भएका छन् । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
देशभरमा विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेकोले हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस