सानिमा सेक्यूरिटीज लिमिटेडले दोश्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाएको हो ।
सभा कात्तिक १३ गते काठमाडौंको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका साथै सोको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित हुनेछ ।
साथै,सभामा दोश्रो वार्षिक साधारणसभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस