Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा,हकप्रद निष्काशनको प्रस्ताव पारित गरिने

अर्थ संसार

विहीबार, १७ असोज २०८१, ११ : ०८ मा प्रकाशित

नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा,हकप्रद निष्काशनको प्रस्ताव पारित गरिने

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । 

कम्पनीले निष्काशन गर्न लागेको शत प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले विशेष साधारण सभा कात्तिक ७ गते, अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा आयोजना हुने भएको छ । सभा अपरान्ह ३ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेकाले कात्तिक १ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष साधारण सभामा सहभागि हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको