ललितपुर महानगरपालिका–२५ मा नख्खु खोलाले बगाएर ल्याएका दुईजनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।काठमाडौंमा एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो ।
नख्खु खोलाको भेलमा बग्दै आएका दुईजनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ वर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।
सम्मान कार्यक्रममा केएनपीका नेपालका निर्देशक मनोज मिश्रले उनको साहसिक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाइ थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस