भारत सरकारको अनुदान सहयोगमा दुई पेट्रोलियम पाइपलाइन बन्ने सम्झौता भएको छ।
करिब १५ अर्ब रुपैयाँ लागत रहेको पाइपलाइन निर्माणका लागि बिहीबार नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसन (आईओसी)का निर्देशक सेन्थल कुमारबीच बिहीबार पेट्रोलियम पाइपलाइन बीटुबी फ्रेमवर्क एग्रिमेन्ट भएको हो। सम्झौताअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारतको अनुदानमा निर्माण हुनेछ।
यस्तै,नेपालको अमलेखगन्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजनासमेत भारत सरकारकै अनुदानमा निर्माण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस