Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अर्थ संसार

शनिबार, १९ असोज २०८१, १६ : ०७ मा प्रकाशित

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच मातृभूमि लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरुका लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत कार्तिक १ गते देखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको