Like us!
Follow us!
Connect us!
Watch us!

रियलमी अफर:१२ महिनाको ईएमआई, ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत

अर्थ संसार

आइतबार, २० असोज २०८१, ११ : ४७ मा प्रकाशित

रियलमी अफर:१२ महिनाको ईएमआई, ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले शून्य प्रतिशत ईएमआई योजना ल्याएको छ ।

आफ्ना नेपाली ग्राहकहरूलाई सुपथ मुल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ रियलमीले आफ्ना स्मार्टफोनहरूमा विशेष फाइनान्सिङ अफर ल्याएको हो । यस अफर अन्तर्गत रियलमीका फोनहरुमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

रियलमीको हेड अफ स्ट्राटेजी मुनिश गिरीले भने, ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकहरूमा सुपथ मुल्यमा अत्याधुनिक प्रविधिको पहुँच पुर्याउने हो । शून्य ब्याजको यो नयाँ ईएमआई योजनाले हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरका स्मार्टफोनहरू किन्न सजिलो बनाउनेमा हामी ढुक्क छौं । हामीलाई विश्वास छ कि दशैं तथा तिहारको यो माहोलमा यस अफरले अझै रौनक थप्नेछ ।’

यो अफर घटस्थापना देखि नेपालभरका आधिकारिक रियलमी डिलरहरूमा लागु भएको छ । यस अफर अन्तर्गत रियलमीका २० हजार भन्दा माथिका फोनहरुमा ४० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज दरमा १२ महिनासम्मको ईएमआई उपलब्ध रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको