Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषदको एक करोड सहयोग

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०७ : १६ मा प्रकाशित

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषदको एक करोड सहयोग

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोडको चेक हस्तान्तरण गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सो रकम हस्तान्तरण गरेका हुन्। 

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहलगायत सहभागी सो अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासमा देखिएका समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले समस्याबारे पटक पटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको