Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ०९ : ३४ मा प्रकाशित

लाभांश पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

युनिलिभर नेपाल लिमिटेडको ३१ औँ वार्षिक साधारण सभा  कात्तिक १२ गते बोलाएको छ। साधारणसभा नयाँ बानेश्वरमा रहेको द एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ।

कम्पनीले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। आगामी साधारणसभाबाट प्रस्ताव पारित हुनेछ।

यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनामा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुकक्लोज गर्ने छ। असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले  साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन्।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको