Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली नोटको बिगबिगीः ४७ थान नक्कली नोटसहित २ जना प्रक्राउ

अर्थ संसार

सोमबार, २१ असोज २०८१, १० : ३२ मा प्रकाशित

नक्कली नोटको बिगबिगीः ४७ थान नक्कली नोटसहित २ जना प्रक्राउ

नक्कली नोटसहित रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट दुई जना पक्राउ परेका छन् । नेपाली १ हजार दरका ४७ थान नक्कली नोट सहित २ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय छन् ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको