Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं: अर्थमन्त्री पौडेल

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १३ : ५७ मा प्रकाशित

स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन्।

मंगलवार अन्ताराष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए। उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गरे।उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियनकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए। अर्थमन्त्री पौडेलले वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरूबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए। 

उनले नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताए। उनले सामाजिक सुरक्षालाई मात्रै प्रभावकारी रूपमा श्रमिकको सम्मानपूर्ण जीवन बाँच्न र सुरक्षित भविष्य सुनिश्चित गर्न सकिने बताए।

उनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याएको भन्दै यो श्रमिक हितका लागि कोसेढुङ्गा बन्न पुगेको बताए। उनले सामाजिक सुरक्षाको पहुँच बढाउँ थप प्रभावकारी बनाउनु आजको आवश्यकता भएको बताए। उनले समाजिक सुरक्षालाई प्रभावकारी कार्यान्वयनमा ट्रेड युनियनले प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको