मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो ।
मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । उँट कहाँबाट आयो भन्नेबारे स्पष्ट भएको छैन ।
उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने आशंका गरिएको छ । तर, अहिलेसम्म यस उँटलाई कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस