Like us!
Follow us!
Connect us!
Watch us!

देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् - बालेन शाह

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १६ : ४७ मा प्रकाशित

देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् - बालेन शाह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गौशाला धर्मशाला खाली गराउन खोज्दा नेपाल प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गर्न खोजेको टिप्पणी गरेका छन्  ।

बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप भएको थियो । झडपबीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सोही विषयमा बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाजायज सम्बन्धबाट  सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौं देखि केही हजार रुपैया तिरेर हड्पेको जग्गा अदालतले दबि पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले  महानगरलाई धर्मशाला तथा असक्तहरुलाइ नि: शुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ ।’

उनले थप लेखे, ‘अनि हामी चाहिँ देश प्रहरी  र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।’

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको