Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ठाउँमा लगानी गर्नुपर्छ, पैसाको सदुपयोग गर्न सक्नुपर्छः प्रधानमन्त्री ओली

अर्थ संसार

विहीबार, २४ असोज २०८१, ०९ : २२ मा प्रकाशित

नयाँ ठाउँमा लगानी गर्नुपर्छ, पैसाको सदुपयोग गर्न सक्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

बुधवार साँझ काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पैसाले उद्यमशिलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताए । उनले नयाँ ठाउँमा लगानी गर्नसके मात्रै पैसाको सही सदुपयोग हुने बताए । उनले पैसा हुनेले गतिलो काम गर्छन् भन्न नसकिने बताए । उनले पैसा कम भएपनि गतिलो काम गर्न सकिने बताए । 

उनले भने, ‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ । पैसाले एउटा उद्यमशिलता, नयाँ सोच तयार गर्नुपर्छ । नयाँ ठाउँमा लगानी गर्नुपर्छ । पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन । पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन् । पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन । तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले होलिडे इन रिसोर्ट धेरै नै सुन्दर ठाउँमा बनेको बताए । उनले यसको प्रचारप्रसार गर्नसके पर्यटकहरु धेरै बढ्ने बताए । उनले होटल होलिडे इन रिसोर्टबाट काठमाडौंका सबै ठाउँ देखिने र रातिको दृश्यावलोकन सुन्दर देखिने भएकाले आकर्षक रहेको बताए । 

उनले भने, ‘अत्यन्तै सुन्दर ठाउँमा होलिडे इन रिसोर्ट बनाउनुभएको छ । यसका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । मलाई विश्वास छ, यसले अवश्य नै अझ बढी प्रचारप्रसार गर्नेछ । यहाँबाट सम्पूर्ण काठमाडौं देखिने भएकाले यसले रातिको दृश्यावलोकन गर्ने राम्रो सुविधान मिल्नेछ ।’ 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन आवश्यक रहेको बताए । उनले देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्ने बताए। 

उनले भने, ‘हामीले यो विविधतापूर्ण प्रकृति र संस्कृतिलाई दुनियाँभर फिँजाउन, देशभित्र आन्तरिक पर्यटक बढाउन, देश बाहिरका पर्यटक भित्र्याउन, एक पटक पनि नआएका मानिसहरुलाई एक पटक जाउँ भन्नका लागि र एक पटक आइसकेकोलाई पटक पटक नेपाल जाउँ भन्नका लागि हामीले अतिथि देवो भवअनुसारको संस्कारअनुसारको व्यवहार देखाउनुपर्नेछ ।’


मन्त्री पाण्डेले नेपालको आकाश सुरक्षित र सुचारु छ भन्ने देखाउनुपर्ने बताउनु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको