नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठुला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्यचौकी निर्माण गर्न भन्न मिल्ने भन्दै टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- प्रधानमन्त्रीज्यू, राज्यले ठुला व्यवसायीलाई अपील गर्न मिल्छ-
- भुकम्प प्रभावितलाई हजार घर बनाइदेउ ।
- अनि बाढिले नबग्ने सय पुल ।
- गाउँमा शैक्षिक संस्था र स्वास्थचौकी ।
अझ ठुलो 'दान' लिनेदिने भए- देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देउ, यस्तो पनि त भन्न र गर्न मिल्छ ।
उनले कांग्रेसले आफ्ना तत्कालिन चार लाख सदस्यको सहयोगमा पार्टी कार्यालय बनाएको उल्लेख गर्दै स्वदेश र विदेशमा रहेका सबै सदस्यले यसप्रति गर्व गर्ने बताए ।
उनले भनेका छन्- स्वदेश र विदेशमा रहेका हरेक काँग्रेस सदस्य गर्व गर्छन्, हाम्रो केन्द्रीय कार्यालय 'हामीले' बनाएका हौं । हो, कयौं व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मुलत पार्टी सदस्यको 'मन' जोडिएको छ । यो बन्दै गर्दा उस बेलाका ४ लाख बढी कृयाशिल सदस्यताको रकम यसमा प्रयोग भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस