Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, ०८ : १८ मा प्रकाशित

पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।  गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९९ रन बनाएका छन् भने ३ एकदिवसीय खेल्दा १५२ रन बनाएका छन् । 

पोखराले यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आईपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको