Like us!
Follow us!
Connect us!
Watch us!

समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक १५ दिनभित्र गरिसक्नुपर्ने,समयमा नगरे कारबाही हुने

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १२ : ४४ मा प्रकाशित

समस्याग्रस्त १८ सहकारीको दायित्व फरफारक १५ दिनभित्र गरिसक्नुपर्ने,समयमा नगरे कारबाही हुने

समस्याग्रस्त सहकारी संस्थाको दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १५ दिने सूचना जारी गरेको छ । 

समिति कार्यालयले सम्रस्याग्रस्त १८ वटा सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको हो ।

समितिले यसअघि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले समय तोकिएको उल्लेख गरेको छ । कार्यालयले १५ दिने सूचना प्रकाशित गर्दै दायित्व फरफारक नगरे कानुन अनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको