Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १४ : ५९ मा प्रकाशित

नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । 

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुईवटा न्यारोबडी र दुईवटा बाइडवडी जहाज खरिदका लागि दुईवटा कोषसँग  लिएको  ऋणको नियमित साँवा ब्याजसहितको किस्ता बापत निगमले असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भूक्तानी दिएको हो । 

निगमको व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै २०८१ असोजसम्ममा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपियाँ किस्ता बापत ऋण भूक्तानी गरिसकिएको निगमले जनाएको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो अवधिको ब्याज, ब्याजको पनि ब्याज तथा हर्जाना छुट गरी सहयोग गरिदिन निगमले सरकारसँग पटकपटक माग गरिरहेको छ । ऋणको नियमित किस्ताको संख्या समेत वृद्धि गरेर सहज बनाइदिन निगमले आग्रह गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको