अदृत फिल्मस् र मोती फिल्मसले संयुक्त रूपमा निर्माण गरेको बहु प्रतीक्षित नेपाली फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ ।
पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको हो। अब यो चलचित्र माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।
चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ । चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो ।
निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ ।
'एक्टर: टेक वन’ लाई थप उत्कृष्ट रूपमा निर्माण गर्न आवश्यक समय लाग्ने जानकारी गराउँदै, निर्माण टिमले दर्शकहरूको माया र समर्थनको कदर गरेको छ।
फिल्म निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्) ले जय ‘एक्टर: टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस