प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८२ हजार ६१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
सो सेयर खरीद गर्न इच्छुकले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
बैंकले यसअघि विद्यमान संस्थापकलाई सेयर बिक्री खुला गर्दा मागेजति आवेदन नपरेपछि अन्य लगानीकर्ताका लागि बिक्री खुलाएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस