Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रो पावरको स्थगित साधारणसभा साउन २२ गतेका लागि आह्वान

अर्थ संसार

शुक्रबार, ०१ साउन २०८३, १० : ११ मा प्रकाशित

नेशनल हाइड्रो पावरको स्थगित साधारणसभा साउन २२ गतेका लागि आह्वान

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको स्थिगित साधारणसभा साउन २२ गतेका लागि आह्वान गरिएको छ । यस अघि गणपुरक संख्या नपुगेपछि स्थगित भएको साधारणसभा साउन २२ गतेका लागि आह्वान गरिएको हो ।

यस अघि असार ३ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको थियो । कम्पनीको नियमावलीको नियम १६(ख) र कम्पनी ऐन २०६३ को दफा ७३ (२) बमोजिम उपस्थित सेयरधनीहरूको गुणपुरक संख्या नपुगी स्थगित भएको थियो । कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारणसभा साउन २२ गते अमृत भोग क्याटेरिङ्ग, कालिकास्थान, काठमाडौंमा बिहान साढे ८ बजेदेखि बस्ने गरि आह्वान गरिएको कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०८१ /०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१ /०८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने, आ.व. २०८/०८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक जना महिला सहित ७ (सात) जना सञ्चालकको निर्वाचन गर्ने सम्बन्धी एजेण्डा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको