Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिना बितिसक्दा पनि नयाँ सरकारले सकारात्मक बाटो समात्न सकेको छैन:वर्षमान पुन

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ११ : २६ मा प्रकाशित

तीन महिना बितिसक्दा पनि नयाँ सरकारले सकारात्मक बाटो समात्न सकेको छैन:वर्षमान पुन

पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारले तीन महिना बितिसक्दा पनि लय समात्न नसकेको बताएका छन् ।

गृहजिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लवको १५औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । 

यस्तै पुनले नयाँ सरकार  जनआकांक्षा र भावनाअनुसार नचलेको बताए । तीन महिनामा सरकारले आशा जगाउने काम गर्नुको साटो बिचौलियाहरुकै स्वार्थमा काम गरेको पुनको भनाई छ । 

उनले भने,‘विचौलिया तत्वहरुले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको