Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्षमा नल्याउँदा सरकार ढल्यो – वर्षमान पुन

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १२ : ०३ मा प्रकाशित

ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्षमा नल्याउँदा सरकार ढल्यो – वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरूको स्वार्थमा काम गरेको उनको टिप्पणी गरेका छन् ।

रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले  प्रधानमन्त्री केपी ओलीले भनेका व्यक्तिलाई आफूले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नगर्दा सरकार ढालिएको टिप्पणी गरेका हुन् ।

बिचौलियाको डिजाइनमा तिनै व्यक्तिलाई नियुक्त गरेर सरकारले आफूहरूले भन्दै आएको आरोप पुष्टि गरेको पुनको भनाइ थियो ।

एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरूले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे ।

‘हाम्रो अध्यक्ष प्रचण्ड ०६४ यताको कुनै पनि निर्वाचनमा पराजित हुनुभएको  छैन । १८ महिनासम्म संसदमा बहुमत जुटाएर सरकार चलाएको हो’, पुनले भने, ‘शंकरजी अस्ती भर्खरै हाम्रो पार्टीको नेता रेखा शर्माजीसँग हार्नुभएको सबैलाई थाहा छ ।’ 

पुनले पोखरेलले ०७० सालमा देशैभर काँग्रेस र एमालेले जितेको र एमालेको पक्षमा उभार भएका बेला पनि गृह जिल्लामा चुनाव हारेको चर्चा गर्दै ‘हरुवा’ ले लाजै पचाएर अरूलाई हरुवा भन्नु हास्यास्पद भएको टिप्पणी गरे ।

उनले भने, ‘०७० मा देशेभर एमालेको पक्षमा उभार हुँदा पनि आफ्नै जिल्लामा हार्ने शंकरजी होइन ? ०७९ मा हारेको अस्त भर्खर होइन ?’, उनले भने, ‘अनी उहाँ नै हरुवाहरूले सरकार चलाएर हैरान पारे । हरुवाले सरकार चलाउने युगको अन्त्य गर्छौ । मानिसहरू जो पनि बोल्न सक्दा रहेछन् । कस्तो लाज नभएको ?’ 

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा एमाले महासचिव पोखरेलले हरुवाहरूले शासन गर्ने व्यवस्थाको अन्त्यका लागि संसद्का दुई दल मिलेको अभिव्यक्ति दिएका थिए । उनले ०८४ सम्म आफ्नो दलले सरकार ढाल्ने प्रयास नगर्ने भन्दै त्यति बेलासम्म टिकाएर देखाउन काँग्रेस–एमालेलाई चुनौती दिए । काँग्रेस महामन्त्री गगन थापाले सातामा एक पटक प्रधानमन्त्री बनिदिन आफ्ना सभापति शेरबहादुर देउवालाई खबर पठाउने गरेको भन्दै गलत अफवाह फैलाएको उनको भनाइ थियो । 
आफ्ना अध्यक्ष प्रचण्डको सरकारले भ्रष्टाचार, तस्करी र राज्य दोहनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँदा काँग्रेस–एमाले अत्तालिएर मिलेको आरोप लगाउँदै पुनले ०८४ को निर्वाचनमा जनताले त्यसको हिसाब गर्ने चेतावनी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको